दलित जन कल्याण युवा क्लब लहान–१०
Dalit Jan Kalyan Yuba Club Lahan 10 Siraha(DJKYC)
info@djkyc.org
033 - 561299

सामुदायिक स्वयंसेवक ("न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूमध्ये अनमी (ANM) वा एच.ए. (Health Assistant) अध्ययन गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।")

१३ आश्विन २०८३, मङ्गलवार

स्वयंसेवक आवश्यकता

प्लान इन्टरनेशनल नेपाल  तथा दलित जन कल्याण युवा क्लब द्वारा सञ्चालन भइरहेको सबल बालिका सबल समुदाय (SaBaSS) परियोजना अन्तर्गत पोषण(Nutrition), WASH तथा प्रारम्भिक बाल विकास (ECD) सम्बन्धी सामुदायिक कार्यक्रमका लागि देहाय अनुसारको पदमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।

 

पद: सामुदायिक स्वयंसेवक

कार्यस्थल: अर्नामा गाउँ पालिका , सिराहा (वडा नं २,३ र ५ )

संख्या: ६ (छ)

कार्य अवधि: अक्टोबर २०२६ – जुन २०२७ (आवश्यकता अनुसार)

मुख्य जिम्मेवारीहरू:

  • समुदायमा घरदैलो भ्रमण गरी कुपोषित बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरूको अनुगमन गर्ने
  • पोषण स्क्रिनिङ शिविर तथा रेफरल कार्यमा सहयोग गर्ने
  • स्वास्थ्य आमा समूह, FCHV तथा अन्य समुदाय समूहहरूसँग समन्वय गरी पोषण तथा WASH सचेतना गतिविधि सञ्चालनमा सहयोग गर्ने
  • किचन गार्डेन तथा जीविकोपार्जन गतिविधिको अनुगमन र सहयोग गर्ने
  • सफा घर, सफा टोल अभियान तथा सरसफाइ प्रवर्द्धनमा सहयोग गर्ने
  • कार्यक्रमसम्बन्धी अभिलेख राख्ने तथा नियमित प्रतिवेदन पेश गर्ने

आवश्यक योग्यता:

  • न्यूनतम +२ (Intermediate) वा सो सरह (Nutrition, WASH तथा ECD सम्बन्धी कार्यक्रमहरूमा समुदायस्तरमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।)
  • समुदायमा काम गर्ने अनुभव वा रुचि
  • फिल्डमा काम गर्न इच्छुक र सक्षम

अन्य आवश्यकताहरू:

  • स्थानीय भाषा तथा परिवेशको ज्ञान
  • FCHV, HMG वा समुदाय समूहसँग काम गरेको अनुभव भएमा प्राथमिकता
  • इमानदार, जिम्मेवार तथा टोलीमा काम गर्न सक्ने

सेवा सुविधा:

  • संस्थाको नीति अनुसार – दैनिक यातायात/खाजा भत्ता आदि

आवेदन दिने तरिका:

इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) र आवेदन पत्र   email ID: mail@djkyc.orgवा कार्यालय ठेगानामा पठाउन/बुझाउन अनुरोध गरिन्छ।

 

आवेदन दिने अन्तिम मिति: ५ अक्टोबर  २०२७

नोट: महिला, दलित, जनजाति तथा विपन्न समुदायका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
डिजाइन र विकास टेकवेयर प्रा. लि. द्वारा गरिएको.