हालका सूचना
Job posted on 15 Jun, 2025Apply before 24 Jun, 2025
Dalit JanKalyan Yuba Club Lahan
खानेपानीको धारा जडानका गर्न आवश्यक सामाग्रीहरू खरिदका लागि शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशन मिति १५ जुन २०२५ (०१ आषाढ २०८२ )
दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २४ वर्ष देखि विभिन्न दातृ निकायहरूको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी र धनुषा जिल्लाहरूमा महिला अधिकार, शिक्षाअधिकार, जिबिको पार्जन, विपद उत्थानशील समुदाय निर्माण र वासको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यसै गरी विगत ६ बर्ष देखि वाटरएड नेपालको सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लव द्वारा द बिकन परियोजना लहान नगरपालिकामा समेत सञ्चालन हुदै आएको छ । यसै सन्दर्भमा लहान नगरपालिका अन्तर्गत शुद्ध खानेपानीको लागि यस बर्ष नेपाल खानेपानी संस्थानसँग सहकार्य गरी दलित वस्तीहरूमा धारा जडान गर्नका लागि तपशिल बमोजिम सामाग्रीहरु आवश्यक भएको हुँदा सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग बिगतमा समेत काम गरेको र काम गर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरूलाई माग गरिए बमोजिम आवश्यक कागजात (कर चुक्ता २०८०/२०८१, फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरु र काम गरेको अनुभव ) सहित गोप्य सिलबन्दी बोलपत्र तोकिएको ढाँचामा २४ जुन २०२५ (१० आषाढ २०८२) साँझ ५ बजेसम्म दलित जनकल्याण युवा क्लव, लहानको कार्यालयमा बुझाउन आह्वान गरी यो सूचना प्रकाशित गरीएको छ ।
नोट: शिलबन्दी बोलपत्र फारम दलित जनकल्याण युवा क्लव लहानको कार्यालयबाट १६ जुन २०२५ (०२ आषाढ २०८२) विहान १०:०० बजे देखि दिउसो ५ बजेसम्म तथा दिएको लिंकबाट प्राप्त गर्न सकिनेछ । साथै बोलपत्र पेश गर्ने अन्तिम मिति विदाको दिन परेमा १ दिन पछिको मितिलाई आधार मानिनेछ ।
TOR Link: https://drive.google.com/uc?export=download&id=1sGVqva3XkoXkoVzvn-Q1XVAy8hZxpTdu
शिलबन्दी बोलपत्र प्राप्त र पेश गर्ने ठेगाना:
दलित जनकल्याण युवा क्लव लहानको कार्यालय लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर सिरहा
मोवाईल न. ९८४१३६३३९१, ९८२४७९६९४९
ईमेलः procurement@djkyc.org