आवश्यकता
सुचना प्रकाशन मिति: २०८१/१२/१७
दलित जनकल्याण युवा क्लव, लहान विगत २४ वर्षदेखि सिरहा जिल्लामा दलित अधिकार, भूमि तथा पोषण, खाद्य अधिकार, सुशासन, महिला अधिकार, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वच्छता, तथा सरसफाई, हरवा चरवा अधिकार तथा दलित अधिकारको सवालमा काम गर्दै आइरहेको गैह्र नाफामुलक गैह्रसरकारी संस्था हो । हाल यो संस्था एक्सनएड नेपाल, वाटरएड नेपाल, द फ्रिडम फण्ड, मेनोनाइट सेन्ट्रल कमिटि (एमसिसि) नेपालसंग सिरहा जिल्लामा कामगर्दैआईरहेको छ । त्यसैगरी, यस स्ांस्था, विगतको दिनमा युएनडिपी, डिएफआईडि, केयर नेपाल र युकेएड जस्ता साझेदार संस्थासंग काम गरिसकेको अनुभव छ ।
यसै सन्दर्भमा मेनोनाइट सेन्ट्रल कमिटि ( एमसिसि ) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “Inclusive & Quality Education for Children of Bariyarpatti & Nawarajpur Rural Municipality in Siraha” अन्तर्गत तपसिल बमोजिम कर्मचारीहरुको आवश्यकता भएकोले उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट दरखास्त आव्हानगरिन्छ । दरखास्तको लागि आशय पत्र, शैक्षिक योग्यताको प्रमाण–पत्र, कार्यानुभवको प्रमाण–पत्र, सम्वन्धित तालिमको प्रमाण–पत्र, नागरिकताको प्रमाण–पत्र लगायतका कागजातसहित मिति २०८१ चैत्र २५ गते (२०२५ अप्रिल ७ तारिक सोमवार सम्म) (८ दिन) भित्र लिंक:https://forms.gle/HbnjkLZxA71aJ7BJ8 र vacancy@djkyc.org मा इमेल गर्न वा दलित जनकल्याण युवा क्लव लहान न.पा वडा नं. १४, प्रदिप गिरीको आश्रम स्थित कार्यालयमा आवेदन दिन यो सुचना प्रकाशित गरिएको छ । साथै संस्थाको वेवसाईट: www.djkyc.org हेर्न सकिनेछ ।
विज्ञापन नं. १
पद: कार्यक्रम अधिकृत ( १ जना )
स्थान: दलित जनकल्याण युवा क्लव, लहान (सिरहा)
पदिय जिम्मेवारीको सारंश:
कार्यक्रम अधिकृतको पदमा रही संस्थाद्वारा संचालित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना मार्फत लक्षित समुदायका बालबालिकाको शैक्षिक उन्नयनका लागि बिभिन्न काम तथा जिम्मेवारीहरु निर्वाह गर्नु पर्नेछ । यस संस्थामा काम गर्दा संस्थाको विधि, विधान, नीति, नियम, आचारसंहिताहरुलाई परिपालना गर्देै संस्थाको एक जिम्मेवार सदस्यका हैसियतले जिम्मेवारी निर्वाह गर्नु पर्ने छ ।
योग्यता तथा अनुभव:
कार्यक्रम अधिकृतको पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट शिक्षा शास्त्र विषयमा स्नातक वा सामाजिक बिज्ञान बिषयमा स्नात्तक उतीर्ण भई कम्तिमा सरकारी तथा गैर सरकारी संस्थामा कार्यक्रम अधिकृत न्युनतम २ बर्षको कार्यानुभव भएको हुनु पर्नेछ ।
सुपरभिजन तथा जवाफेदहीता:
कार्यक्रम अधिकृतको सुपरभाइजर परियोजना कार्यक्रम हुने छ र कार्यक्रमको प्रतिबेदन समेत कार्यक्रम संयोजकलाई नै गर्नु पर्ने छ ।
जिम्मेवारीहरु:
- परियोजनाको लक्ष्य प्राप्तीका लागि सामुदायिक गतिविधि सञ्चालन गर्न लचिलो भई सामुदायिक परिवेश अनुकुल र संस्थागत आवश्यकता अनुसार उपलब्ध हुनुपर्नेछ । जम्मा कार्यदिनको ७०% समय परियोजना क्षेत्रमा र ३०% समय कार्यालयमा दिनु पर्नेछ । कार्यालय समय विहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।
- परियोजनाको वार्षिक, अर्धवार्षिक र त्रैमासिक कार्य योजना निर्माणमा सक्रिय सहभागी भई आफ्नो र मातहतका कर्मचारी तथा स्वयं सेवकको ब्यवहारिक र प्रभावकारी आवधिक योजना बनाउन सहजिकरण गर्नु पर्नेछ ।
- अनुकुल शैक्षिक वातावरणका लागि पालिका स्तरिय शैक्षिक सरोकारवालाहरु, विद्यालय, जनप्रतिनीधिहरु राजनैतिक नेतृत्व तथा नागरिक अगुवाहरुसंग नियमित रुपमा समन्वय तथा सहकार्य गर्ने ।
- बालमैत्री शैक्षिक वातावरणका लागि समुदाय तथा विद्यालयमा विविध सचेतनामुलक गतिविधिहरु सञ्चालन गर्ने
- विविध कारणले विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल र सृजनशिल उपायहरु परियोजना ब्यवस्थापनलाई सुझाउने ।
- आफ्नो कार्यक्षेत्रका लक्षित बालबालिको अवस्था विश्लेषण गरी समस्याको कारणसम्म पुगेर आवश्यकता पहिचान गर्ने र प्राथमिकिकरण गर्ने ।
- लक्षित समुदायमा सामुदायिक समुहहरु (आमा समुह, अविभावक समुह, कृषक समुह वा उद्यमी समुह) लाई शैक्षिक उन्नयनतर्फ अभिमुखिकरण गर्ने ।
- लक्षित बालबालिकाका परिवारको खाद्य सूरक्षा तथा जिविकोपार्जन सम्वन्धि समस्या समाधानका लागि आवश्यकता विश्लेषण गरी सहयोग सिफारिस गर्ने ।
- कार्यक्रमको निर्देशिका अनुसार सामुदायिक सिकाई केन्द्रहरुमा बालबालिकाहरुको सक्रिय सहभागिताका लागि सामाजिक परिचालक तथा स्वयं सेवकहरुलाई सहजिकरण गर्ने ।
- मातहतका कर्मचारीहरुको योजना, हाजिरी तथा प्रतिवेदन सिफारि गर्ने र प्रभावकारी परिचालन तथा कार्यान्वयनका लागि सहजिकरण र अनुगमन गर्ने ।
- परियोजनाको उदेश्य अनुरुप श्रोत साधनको सदुपयोग भएको सुनिश्चितताका लागि सञ्चालित गतिविधिहरुको प्रभावकारिता निरन्तर लेखाजोखा गर्ने ।
- कुनै पनि भौतिक वा आर्थिक सहयोग परियोजनाको मर्म अनुसार लक्षित बालबालिका वा परिवारले मात्रै पाउने सुनिश्चिताका लागि सहजिकरण गर्नुपर्ने ।
- संस्था तथा परियोजनाको श्रोत साधनको उपयोगमा अधिकतम मितब्ययिता अपनाई समुदाय र सरोकारवालाहरुसँग साझेदारी र सहकार्य मार्फत थप श्रोत जुटाउन पहल गर्नुपर्नेछ ।
- परियोजना अन्तर्गत भए गरेका कामहरुको कामहरुको आवधिक प्रतिवेदन (मासिक, त्रैमासिक, अर्ध बार्षिक बार्षिक) तोकिएको ढाँचामा तोकिएको समयभित्रै प्रतिवेदन गर्नुपर्नेछ । उपलब्धि, सिकाई तथा चुनौतीहरु हरेक प्रतिवेदनको महत्वपूर्ण पक्ष हुनेछन् ।
- परियोजना अन्तर्गत भए गरेका कामहरुको सकारात्मक प्रभावले रुपान्तरित ब्यक्तिगत, पारिवारिक, सामुदायिक वा संस्थागत अवस्था झल्कने न्युनतम १० सफलताका कथाहरु एक वर्षभित्र तयार गर्नु पर्नेछ ।
कार्य सम्पादनको क्रममा सधै संस्थागत मूल्य मान्यता, नीतिनियम, आचार संहिता प्रति सचेत रहनुपर्नेछ ।
बिज्ञापन नं. २
पद: सामाजिक परिचालक ( १ जना )
कार्यक्षेत्र: बरियार पट्टी र नवराजपुर गाउँ पालिका (मासिक बैठक, आवधिक समिक्षा, तालिम, पेश्की फर्छाैट तथा प्रतिवेदनको काम बाहेक कार्य क्षेत्रमै रहनु पर्ने)
पदिय जिम्मेवारीको सारंश:
समाजिक परिचालकले पदमा रही संस्थाद्वारा संचालित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना मार्फत सामाजिक रुपान्तरणकोलागि बिभिन्न काम तथा जिम्मेवारीहरु निर्वाह गर्नु पर्नेछ । यस संस्थामा काम गर्दा संस्थाको नीति, नियम, आचारसंहिताहरुलाई परिपालना गर्देै समाजिक परिचालनको कामहरु गर्नु पर्ने छ ।
योग्यता तथा अनुभव:
प्रवीणता प्रमाण पत्र उतीर्ण भई कम्तिमा सामाजिक परिचालकको रुपमा सरकारी तथा गैर सरकारी संस्थामा न्युनतम एक वर्ष काम गरेको अनुभव भएको वा एस.एल.सी. उतीर्ण भई सामाजिक परिचालक पदमा रही कुनै पनि सरकारी तथा गैर सरकारी संस्थामा कम्तिमा ३ बर्ष काम गरेको अनुभब भएको हुनु पर्नेछ ।
सुपरभिजन तथा जवाफेदहीता:
सामाजिक परिचालकहरुको कार्यक्रमको सुपरभिजन कार्यक्रम अधिकृतबाट हुनेछ भने सामाजिक परिचालकले आफ्नो सबै संस्थागत जिम्मेवारीका लागि कार्यक्रम अधिकृतप्रति जवाफदेही हुनुपर्नेछ भने प्रतिबेदन पनि कार्यक्रम अधिकृतलाई नै पठाउनु पर्ने छ ।
जिम्मेवारीहरु:
- परियोजनाको लक्ष्य प्राप्तीका लागि सामुदायिक गतिविधि सञ्चालन गर्न लचिलो भई सामुदायिक परिवेश अनुकुल उपलब्ध हुनुपर्नेछ भने कार्यालय समयको हकमा दैनिक ७ घण्टा अर्थात हप्तामा ५६ घण्टा काम गरेको हुनु पर्नेछ । कार्यालयमा रहँदा तोकिएको काममा केन्द्रित रही अतिरिक्त समय भए आफ्नो जिम्मेवारीसँग सम्वन्धित क्रियाकलापमा संलग्न भई कार्यालय समयको अधिकतम सदुपयोग गर्नु पर्नेछ ।
- परियोजनाको वार्षिक, अर्धवार्षिक र त्रैमासिक योजनासँग तादम्यता हुनेगरी आफ्नो साप्ताहीक तथा मासिक कार्य योजना बनाई समुदाय वा कार्यक्षेत्रमा परिचालित हुने ।
- अनुकुल शैक्षिक वातावरणका लागि सामुदायिक सरोकारवालाहरु, विद्यालय, राजनैतिक नेतृत्व तथा नागरिक अगुवाहरु, जनप्रतिनीधिहरु संग नियमित रुपमा समन्वय तथा सहकार्य गर्ने ।
- बालमैत्री शैक्षिक वातावरणका लागि विविध सचेतनामुलक गतिविधिहरु सञ्चालन गर्ने
- विविध कारणले विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन समुदाय, तथा घरभेट गरी अविभावकहरुलाई परामर्श दिने ।
- आफ्नो कार्यक्षेत्रका लक्षित बालबालिकाको अवस्था विश्लेषण गरी समस्याको कारणसम्म पुगेर आवश्यकता पहिचान गर्ने र प्राथमिकिकरण गर्ने ।
- लक्षित समुदायमा सामुदायिक समुहहरु मार्फत अविभावक शिक्षा तथा सचेतना कक्षा सञ्चालन गर्ने ।
- लक्षित बालबालिकाका परिवारको खाद्य सूरक्षा तथा जिविकोपार्जन सम्वन्धि समस्या समाधानका लागि अन्तर परियोजना समन्वय एवं सहकार्य गर्ने ।
- कार्यक्रमको निर्देशिका अनुसार सामुदायिक सिकाई केन्द्रहरुमा बालबालिकाहरुको सक्रिय सहभागिताका लागि आवश्यक भूमिका निर्वाह गर्ने ।
- सामुदायिक सिकाई केन्द्रहरुमा नियुक्त स्वयं सेवकहरुको परिचालन, निरीक्षण तथा प्रतिवेदन गर्ने ।
- परियोजना अन्तर्गत हुने कुनै पनि भौतिक वा आर्थिक सहयोग परियोजनाको मर्म अनुसार लक्षित बालबालिका वा परिवारले मात्रै पाउने सुनिश्चिताका लागि सहजिकरण गर्नुपर्नेछ ।
- कार्य सम्पादनको क्रममा सधै संस्थागत मूल्य मान्यता, नीतिनियम, आचार संहिता प्रति सचेत रहनुपर्नेछ ।
- सामाजिक परिचालकले परियोजना टिमसँग संयुक्त रुपमा कार्ययोजना बनाई कार्यान्वयन तथा सहजीकरण गर्नु पर्नेछ ।
- संस्था तथा परियोजनाको श्रोत साधनको उपयोगमा अधिकतम मितब्ययिता अपनाई समुदाय र सरोकारवालाहरुसँग साझेदारी र सहकार्य मार्फत थप श्रोत जुटाउन पहल गर्नुपर्नेछ ।
- महिनाभरी समुदाय/विद्यालयमा सम्पन्न गरिएको कामहरुको तोकिएको ढाँचामा तोकिएको समयभित्रै प्रतिवेदन गर्नुपर्नेछ । उपलब्धि, सिकाई तथा चुनौतीहरु मासिक वैठकमा प्रस्तुत गरी आगामी महिनाको कार्यक्रमहरुको कार्य योजना वनाई कार्यान्वयन गर्नु पर्ने ।
पेश गर्नुपर्ने कागजातहरु:
- दरखास्तको लागि आशय पत्र,
- शैक्षिक योग्यताको प्रमाण–पत्र,
- कार्यानुभवको प्रमाण–पत्र,
- सम्वन्धित तालिमको प्रमाण–पत्र,
- नागरिकताको प्रमाण–पत्र लगायतका कागजात
नोट: संस्थाले दिएको कार्य जिम्मेवारी अनुसार अनुशासित, मर्यादित तथा जवाफदेही ढंगले कार्य सम्पादन नगरेको ठहर भएमा वा चित बुझ्दो तरिकाले काम सम्पन्न नगरेको मुल्याङ्गन भएमा संस्थाको नियमानुसार कार्वाही हुनेछ ।
पदपुर्ती समिति
दलित जनकल्याण युवा कल्व
लहान, सिरहा
फोन नं. ०३३ ५६१२९९/9862967958